इमिलियामा फेमिली डेन्टल केयर सेन्टरको शाखा सञ्चालन
-
भक्तिराम घिमिरे
कपिलवस्तु | ४ भाद्र २०८३, बिहीबार
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, इमिलियामा फेमिली डेन्टल केयर सेन्टर सञ्चालनमा आएको छ। कपिलवस्तुको चार नम्बर जितपुरमा सञ्चालन हुँदै आएको फेमिली डेन्टल केयर सेन्टरले आफ्नो शाखा इमिलियामा विस्तार गरेको हो।
फेमिली डेन्टल केयर सेन्टरको लुम्बिनी प्रदेशसभा सदस्य माननीय नवराज लामिछानेले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै सांसद लामिछानेले व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीयवासीलाई सेन्टरबाट उपलब्ध हुने दन्त उपचार सेवा लिन आग्रह गर्नुभयो।
सेन्टरका सञ्चालकद्वय डा. शिवप्रकाश गिरी र डा. कृष्ण पोखरेलका अनुसार इमिलियास्थित शाखामा हरेक दिन दन्त विशेषज्ञ चिकित्सकद्वारा दाँतसम्बन्धी सम्पूर्ण जाँच तथा उपचार सेवा प्रदान गरिनेछ।
इमिलिया तथा आसपासका स्थानीयवासीलाई दाँतसम्बन्धी समस्या हुँदा उपचारका लागि चन्द्रौटा, गोरुसिङ्गे वा बुटवलसम्म पुग्नुपर्ने बाध्यता अब अन्त्य हुने सञ्चालकहरूले बताएका छन्। स्थानीयस्तरमै दन्त विशेषज्ञको सेवा उपलब्ध भएपछि सर्वसाधारणलाई सहज र गुणस्तरीय दन्त उपचारमा पहुँच पुग्ने अपेक्षा गरिएको छ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
११ भाद्र २०८३, बिहीबार
अपाङ्गता भएका नागरिकलाई कार्यालयमा होइन, सेवा उनीहरूको घरदैल...
५ भाद्र २०८३, शुक्रबार
जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला
४ भाद्र २०८३, बिहीबार
लागूऔषधसहित १५ जना पक्राउ
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना