पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १८ चैत्र २०८२, बुधबार
कपिलवस्तुको बुद्धभुमि १ पत्थरकोटमा क्रियाशील अमरदिप सामाजिक विकास केन्द्रले आफ्नो २४औँ स्थापना दिवससम्म एम्बुलेन्स खरिद गर्ने लक्ष्य राखेको जनाएको छ। संस्थाका सचिव इन्द्रमणी बेल्बासेले सस्थाको २३ औं स्थापना दिवसको अवसरमा उक्त जानकारी दिनुभएको हो।
उहाँका अनुसार संस्थाले विगतदेखि नै विभिन्न सामाजिक तथा जनहितका कार्यहरू सञ्चालन गर्दै आएको छ। अब स्वास्थ्य सेवा क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले एम्बुलेन्स खरिदको योजना अघि बढाइएको उहाँले बताउनुभयो।
स्थानीय स्तरमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच अभावलाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको हो। एम्बुलेन्स उपलब्ध भएपछि बिरामीहरूलाई समयमै अस्पताल पु र्याउन सहज हुने र आपतकालीन अवस्थामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
संस्थाका अध्यक्ष रामलाल पौडेलले पनि समाजसेवामा निरन्तर सक्रिय रहँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो। उहाँले एम्बुलेन्स सेवा संस्थाको महत्वपूर्ण उपलब्धि हुने उल्लेख गर्नुभयो।
अमरदिप सामाजिक विकास केन्द्रले आगामी दिनमा स्वास्थ्य, सरसफाई तथा जनचेतनामूलक कार्यक्रमहरूलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
११ भाद्र २०८३, बिहीबार
अपाङ्गता भएका नागरिकलाई कार्यालयमा होइन, सेवा उनीहरूको घरदैल...
५ भाद्र २०८३, शुक्रबार
जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला
४ भाद्र २०८३, बिहीबार
इमिलियामा फेमिली डेन्टल केयर सेन्टरको शाखा सञ्चालन
४ भाद्र २०८३, बिहीबार
लागूऔषधसहित १५ जना पक्राउ
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...