logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

स्वास्थ्य

डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्रतिशत मात्रै काम

डोटीको बोगटान फुड्सिलमा १५ शय्याको आधारभूत अस्पताल निर्माण चार वर्षदेखि अलपत्र छ। १६ करोड ८५ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि हालसम्म २६ प्रतिशत मात्र काम भएको छ र म्याद सकिएको छ।

फाइल तस्बिर

बिनिता परियार

डोटी | २५ भाद्र २०८३, बिहीबार

डोटीका विभिन्न स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालका भवन वर्षौँदेखि अलपत्र छन्। बोगटान फुड्सिल–२ केदारआखडाको १५ शय्याको अस्पताल सम्झौताको पाँच वर्ष बित्दा २६ प्रतिशत मात्रै बनेको छ। १६ करोड ८५ लाख रुपैयाँमा ठेक्का भएकोमा व्यवसायीले तीन करोड ९२ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेका छन्। केआई सिंहको १० शय्याको अस्पताल २१ प्रतिशत, बडीकेदारको भवन ८५ प्रतिशत, जोरायलको १५ शय्याको अस्पताल ११ प्रतिशत र सायलको १० शय्याको भवन १६ प्रतिशत मात्रै निर्माण भएको छ। पाँचवटा अस्पतालमध्ये शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका भवन मात्र सम्पन्न भएका छन्। ठेकेदारको ढिलासुस्ती, भौगोलिक विकटता र सामग्री ढुवानी कठिनाइका कारण निर्माण प्रभावित भएको पालिकाहरूको भनाइ छ। पेश्की लिएर काम नगर्ने प्रवृत्तिले स्थानीय तहमा बेरुजु पनि बढेको छ।

 
 

थप समाचार

Featured Image of the news article लागूऔषधसहित १५ जना पक्राउ

४ भाद्र २०८३, बिहीबार

लागूऔषधसहित १५ जना पक्राउ

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।