logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

भोटेकोशी बाढीपीडितका लागि बुद्धभूमि नगरपालिकाले दियो ४३ लाख ४५ हजार

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १६ भाद्र २०८३, मंगलवार

बुद्धभूमि नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४३ लाख ४५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बुद्धभूमि नगरपालिकाले मानवीय सहयोगअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको छ। नगरपालिकाका अनुसार बाढीपीडितलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको हो।

नगरपालिकाले विपद्को कठिन समयमा बाढीपीडितलाई थप सहयोग र सहानुभूति प्रदान गर्न बुद्धभूमिका नगरवासी, स्थानीय संघ–संस्था तथा व्यवसायीहरूलाई समेत अपिल गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि विभिन्न संस्था तथा निकायबाट सहयोग घोषणा हुने क्रम जारी छ। 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।