तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने
तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। अर्ध–जलाशययुक्त आयोजनामा एडीबीको २२७ मिलियन डलर लगानी रहनेछ भने वार्षिक ५२० मिलियन युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
PMS NEWS NEPAL
लमजुंग | ११ जेष्ठ २०८३, सोमबार
तनहुँ जिल्लामा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। सेती नदीमा निर्माण हुने अर्ध–जलाशययुक्त आयोजनाका लागि एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानी रहने आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण हुनेछ। बाँध बन्दीपुर–६ र देवघाट–३ मा रहनेछ भने विद्युत्गृह, सुरुङ तथा कर्मचारी आवास देवघाट–३ र ४ मा निर्माण गरिनेछ। आयोजनाका लागि १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। वार्षिक ५२० मिलियन युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको आयोजनाले ऊर्जा आपूर्ति सुदृढ बनाउँदै स्थानीय रोजगारीसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ। यस आयोजनाबाट गण्डकी प्रदेशमा औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार र विद्युत् पहुँचमा सुधार हुनेछ।
थप समाचार
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोशी बाढीपीडितका लागि बुद्धभूमि नगरपालिकाले दियो ४३ लाख...
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
५ भाद्र २०८२, बिहीबार
रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक इन्धन डिपो निर्माण हुने
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...