logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

अर्थ / वाणिज्य

कर्णालीका १९ रुग्ण आयोजनाबारे निर्माण व्यवसायीसहित सरोकारवालाहरूबीच छलफल सुरु।

कर्णाली प्रदेशमा अलपत्र परेका १९ रुग्ण आयोजना तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसहित सरोकारवालाहरूबीच छलफल सुरु भएको छ। बैठकमा काम रोकिनुका कारण र सरकारी सहजीकरणबारे बहस भइरहेको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १४ कार्तिक २०८३, शुक्रबार

कर्णाली प्रदेशमा लामो समयदेखि अलपत्र परेका १९ वटा रुग्ण आयोजना तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूसँग छलफल सुरु भएको छ। छलफलमा आयोजना ढिलाइ हुनुका कारण पहिचान गरी सरकारले गर्ने काममा सहजीकरण र आवश्यक सहयोगबारे समीक्षा गरिएको छ।

समयमै काम पूरा नगर्ने निर्माण कम्पनीहरूसँग मन्त्रालयले ठेक्का तोड्ने विषयमा समेत गम्भीर छलफल भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाका अनुसार सहभागी निर्माण व्यवसायीहरूले रोकिएका कामहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन्। प्रदेशमा विकास निर्माणका कामलाई तीव्रता दिन सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्न थालेको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।