logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

विविध

कर्णाली सरकारद्वारा पर्यटन प्रवर्द्धन र गन्तव्य स्तरोन्नतिका लागि १२ अर्ब बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले पर्यटन विकास, प्रवर्द्धन तथा पर्यटकीय गन्तव्य स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको छ। गुरुयोजना अन्तर्गत पूर्वाधार र उत्पादन विकासमा प्राथमिकता दिइएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २० कार्तिक २०८३, बिहीबार

कर्णाली प्रदेश सरकारले पर्यटन विकास, प्रवर्द्धन तथा पर्यटकीय गन्तव्य स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कर्णाली पर्यटन गुरुयोजना अन्तर्गत उत्पादन विकासमा ४ अर्ब ३२ करोड र पूर्वाधार निर्माणमा २ अर्ब ९८ करोड रुपैयाँ खर्च गरिनेछ।

मन्त्रालयले हिमाली तथा पहाडी क्षेत्र जोड्ने पाँच प्रमुख पदयात्रामार्ग पहिचान गरेको छ। साथै, रारा र फोक्सुण्डो तालमा पर्यटकीय पूर्वाधार निर्माणका योजना अघि बढाइएका छन्। यद्यपि, रारा तालको आयोजना प्रगति सुस्त रहेको छ। पर्यटनमन्त्री कल्याणी खड्काका अनुसार पर्यटकको तथ्याङ्क संकलन, सुरक्षा व्यवस्थापन र उद्धार प्रणाली प्रभावकारी बनाउन पर्यटक प्रहरी र हवाई सेवा थप पहल भइरहेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।