logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

विविध

रसुवाको बाढीमा मृत्यु भएका सात शव तानसेनमा व्यवस्थापन गरियो।

रसुवाको भोटेकोसी बाढीमा मृत्यु भएका सात जनाको शव नवलपुरबाट पाल्पा ल्याई तानसेन–१ गोर्खेकोटस्थित सामुदायिक वनमा व्यवस्थापन गरिएको छ ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १७ भाद्र २०८३, बुधबार

१७ भदौ, काठमाडौं। रसुवाको भोटेकोसी बाढीमा मृत्यु भएका सात जनाको शव तानसेनमा व्यवस्थापन गरिएको छ । नवलपुरमा फेला परेका पहिचान नखुलेका शव पाल्पा ल्याइएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपछि तानसेन–१ गोर्खेकोटस्थित सामुदायिक वनमा सात शव व्यवस्थापन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार पाल्पा ल्याइएका आठ पहिचान नखुलेका शवमध्ये सात जनाको डीएनए परीक्षण तथा हुलिया संकलन गरी मापदण्डअनुसार व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार व्यवस्थापन गरिएका शवमा एक बालक, तीन पुरुष, दुई महिला र एक बालिका छन् । तीमध्ये एक महिलाको पहिचान खुलेपछि उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।