रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढायो।
१८ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा भेटिएका बेवारिसे शव र मानव अंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। मृतकका आफन्तलाई नमुना उपलब्ध गराउन आग्रह गरिएको छ।
सपना न्यौपाने
काठमाडौँ | १८ भाद्र २०८३, बिहीबार
१८ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा भेटिएका बेवारिसे शव र मानव अंग पहिचान गर्न नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। भदौ १० गते आएको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा भेटिएका शव पहिचानका लागि प्रहरीले सूचना जारी गरेको हो। प्रहरीले स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका पहिलो पुस्ताका नातेदारलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ। बाबु, आमा, छोरा वा छोरीमध्ये नजिकका आफन्तले दुई प्रति पासपोर्ट साइज फोटोसहित उपस्थित हुनुपर्नेछ। स्वदेशमा रहेका आफन्तले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा ताजा रगतको नमुना दिन सक्नेछन्। विदेशमा रहेका आफन्तले भने सम्बन्धित नेपाली दूतावास वा नियोगमार्फत डीएनए नमुना उपलब्ध गराउन सक्ने प्रहरीले जनाएको छ।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
१७ भाद्र २०८३, बुधबार
चीन–रसुवागढी जोड्ने केरुङ नाका स्थलमार्ग पुनः पूर्ण रूपमा सञ...
२६ भाद्र २०८३, शुक्रबार
भदौ मसान्तभित्र यातायात खुलाउन वैकल्पिक सडक र सुरुङको तयारी
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...