पाख्रिबास नगरपालिकाद्वारा कृषि कलेजलाई ग्रिनहाउस र सञ्चालनका लागि १० लाख सहयोग।
पाख्रिबास नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई १० लाख सहयोग गरेको छ। यो रकमबाट ग्रिन हाउस निर्माण र सञ्चालन गरी विद्यार्थीको प्रयोगात्मक तथा अनुसन्धान कार्य सहज बनाइनेछ।
सपना न्यौपाने
काठमाडौँ | १८ कार्तिक २०८३, मंगलवार
पाख्रिबास नगरपालिकाले धनकुटास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ। कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार ५ लाख रुपैयाँ ग्रिन हाउस निर्माण र ५ लाख सञ्चालन खर्चका लागि दिइएको हो। बिएससी एजीका विद्यार्थीको प्रयोगात्मक, अनुसन्धान र बिरुवा उत्पादन कार्य सहज बनाउन सिलबन्दी बोलपत्र मार्फत नयाँ ग्रिन हाउस बनाउन लागिएको छ। नगर प्रमुख ज्ञानबहादुर गुरुङले कलेज पालिकाको गौरवको विषय भएकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कृषि उत्पादन वृद्धि र समस्या समाधानमा कलेजले योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा कलेजमा स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि समेत पहल गरिने उनले बताए।
थप समाचार
२० कार्तिक २०८३, बिहीबार
आगामी तिहारमा देशभरिको मौसम अधिकांश समय घमाइलो रहने पूर्वानु...
१८ कार्तिक २०८३, मंगलवार
काठमाडौँ महानगरले तिहारमा प्लास्टिकका फूल तथा सजावट सामग्री...
१६ कार्तिक २०८३, आईतवार
धनकुटाका किसान किशोर भण्डारीद्वारा कम उत्पादन दिने जमिनबाटै...
१४ कार्तिक २०८३, शुक्रबार
तिहार नजिकिएसँगै भक्तपुरका गुन्डुका किसानलाई मखमली माला गाँस...
२१ आश्विन २०८३, बुधबार
इन्डोनेसियामा चामलको माग धानिएपछि वन फाँड्ने योजना स्थगित
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...
२१ कार्तिक २०८३, शुक्रबार
गोरखा: उत्तरी गोरखाको चुमनुब्रीमा ढुवानी खर्चले नुन प्रतिकिल...
२१ कार्तिक २०८३, शुक्रबार
कपिलवस्तु: कृष्णनगरका २६१ परिवारले लामो प्रतीक्षापछि पाए गाउ...
२१ कार्तिक २०८३, शुक्रबार
समाज र मानिस:सामाजिक घटनाले मानिसको मन र जीवनलाई प्रत्यक्ष प...
२० कार्तिक २०८३, बिहीबार
भक्तपुरमा प्रशासनको दाबीविपरीत अझै ग्याँस अभाव, उपभोक्ता सिल...
२० कार्तिक २०८३, बिहीबार
रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको राहुघाट जलवि...