एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि–९ का खेमराज भट्टराई रास्वपामा प्रवेश
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १४ माघ २०८२, मंगलवार
बुद्धभूमि नगरपालिका–९ का लोकप्रिय तथा सादगी स्वभावका स्थानीय नेता खेमराज भट्टराई (खेतुलाल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। स्थानीय तहमा राम्रो छवि बनाएका भट्टराईको रास्वपामा प्रवेशलाई कपिलवस्तु जिल्लाको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
खेमराज भट्टराई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले वडा अध्यक्षको टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रनुभएको थियो। उहाँले स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्नुभएको थियो। पार्टीको आधिकारिक समर्थन बिना चुनाव लड्दा पनि भट्टराईले उल्लेख्य मत प्राप्त गर्दै बलियो जनमत र लोकप्रियता पुष्टि गर्नुभएको थियो। यसले उहाँलाई बुद्धभूमि क्षेत्रका प्रभावशाली र भरोसायोग्य नेताका रूपमा स्थापित गरेको स्थानीयको भनाइ छ।
सादा जीवनशैली, स्थानीय जनतासँगको प्रत्यक्ष सम्पर्क र विकासप्रति प्रतिबद्धताका कारण भट्टराईलाई विभिन्न राजनीतिक दलहरूले नजिकबाट नियाल्दै आएका थिए। अन्ततः उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुले रास्वपाको संगठन विस्तार र स्थानीय स्तरमा प्रभाव बढ्ने अपेक्षा गरिएको छ।
खेमराज भट्टराईलाई कपिलवस्तु क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम थापाले औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएको हो। यस अवसरमा भट्टराईसँगै करिब २०० जना स्थानीय नेता तथा कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम तथा उक्त जानकारी थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको हो।
फेसबुक पोस्टमार्फत बिक्रम थापाले नयाँ प्रवेशीहरूलाई स्वागत गर्दै परिवर्तन, सुशासन र वैकल्पिक राजनीतिको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म पुरानो राजनीतिक संस्कारको अन्त्य गर्दै नयाँ राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
भट्टराईसहित ठूलो संख्यामा नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेपछि बुद्धभूमि नगरपालिका र समग्र कपिलवस्तु जिल्लाको राजनीतिक समीकरणमा असर पर्ने आँकलन गरिएको छ। विशेषगरी आगामी निर्वाचनमा रास्वपाको संगठनात्मक शक्ति र जनसमर्थन थप बलियो हुने स्थानीय राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
थप समाचार
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...
६ माघ २०८२, सोमबार
कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उ...