कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उम्मेदवार
-
भक्तिराम घिमिरे
कपिलवस्तु | ६ माघ २०८२, सोमबार
कपिलवस्तु क्षेत्र नम्बर २ बाट पूर्व एसएसपी विक्रम सिंह थापाले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। राष्ट्रियस्वतन्त्र पार्टी ले थापालाई सो क्षेत्रका लागि आधिकारिक उम्मेदवारको टिकट प्रदान गरेको हो।
थापा यसअघि २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका थिए। उक्तनिर्वाचनमा उनी नवराज लामिछाने सँग झिनो मतान्तरले पराजित भएका थिए।
यसपटक थापा रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै कपिलवस्तु–२ को राजनीतिक वातावरण तातिएको छ। उनकोउम्मेदवारीप्रति विशेषगरी युवावर्गले खुसी व्यक्त गरेका छन्। उनीहरू थापाको सुरक्षा निकायमा रहेको अनुभव, अनुशासन रनयाँ राजनीतिक धारले क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा राखेका छन् ।
यद्यपि, केही मतदाताले भने पार्टी परिवर्तन गरेर चुनाव लड्नुलाई अवसरवादका रूपमा टिप्पणी गरेका छन्। तर थापा निकट स्रोतका अनुसार उनले जनताको चाहना, सुशासन र परिवर्तनको एजेन्डालाई अघि बढाउन नयाँ राजनीतिक यात्राको निर्णय लिएका हुन्।
पूर्व सुरक्षा अधिकारीको रूपमा परिचित थापाको उम्मेदवारीले कपिलवस्तु–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने देखिएको छ।
थप समाचार
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...