logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

बाढी प्रभावित रसुवामा अधिकांश क्षेत्रमा वर्ल्डलिंकको इन्टरनेट सेवा पुनः सञ्चालन भयो

रसुवा बाढीले अवरुद्ध सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा आएको छ। वर्ल्डलिंक, एनसेललगायतका सेवा सुचारु हुँदा प्रभावित अधिकांश प्रयोगकर्ता फेरि अनलाइन भएका छन्।

फाइल तस्बिर

बिनिता परियार

रसुवा | २२ भाद्र २०८३, सोमबार

रसुवा बाढीपछि अवरुद्ध भएका सञ्चार तथा इन्टरनेट सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा आएका छन्। वर्ल्डलिंकले बेत्रावती, धुन्चे र आसपासका क्षेत्रमा सेवा पुनःस्थापना गरेको जनाएको छ। प्रभावित प्रयोगकर्तामध्ये अधिकांश फेरि अनलाइन भएका छन् भने केही दुर्गम क्षेत्रमा काम जारी छ। एनसेलले प्रभावित अधिकांश टावर सञ्चालनमा ल्याउँदै बाँकी टावर पुनःस्थापनाको प्रयास गरिरहेको छ। नेपाल टेलिकमले पनि क्षतिग्रस्त फाइबर तथा सञ्चार संरचनाको मर्मत अन्तिम चरणमा पुगेको जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा वैकल्पिक माध्यम प्रयोग गरी सेवा सञ्चालन भइरहेको छ। प्राविधिक टोलीहरू निरन्तर खटिएर प्रभावित क्षेत्रको सञ्चार सम्पर्क पुनःस्थापना गरिरहेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।