logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

राजनिति

भारतीय विदेश सचिव विक्रम मिस्रीको टोली उच्चस्तरीय भेटवार्ताका लागि काठमाडौं आइपुग्दै छ।

भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि आज काठमाडौँ आउँदै छन्। औपचारिक तालिका सार्वजनिक नभए पनि उनले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने जनाइएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि आज काठमाडौँ आइपुग्दै छन्। औपचारिक तालिका सार्वजनिक नभए पनि उनले आजैबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्नेछन्।

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री, अर्थमन्त्री, परराष्ट्र सचिव तथा सम्भवतः आजै प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै, सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग पनि भेटघाटको तयारी छ। मंसिर दोस्रो साता हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति मिस्रीको यसै नेपाल बसाइपछि तय हुने बताइएको छ। नयाँ राजदूत सुधाकर दलेलाको आगमन र यो भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।