logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

खेलकुद

नेपाल प्रिमियर लिग अन्तर्गत आज सोमबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १७ कार्तिक २०८३, सोमबार

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेलहरू हुँदैछन्। पहिलो खेल दिउँसो साढे १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेल साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा जनकपुरसँग पराजित भई अंकतालिकाको पुछारमा रहेको काठमाडौं पहिलो जितको खोजीमा छ भने लगातार दुई खेल जितेको कर्णाली शीर्ष स्थान बलियो बनाउन चाहन्छ। उता ३ खेलमा १ जित निकालेको सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण छ भने अहिलेसम्म अपराजित रहेको चितवन राइनोज आफ्नो जितको यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।