logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

अन्तरवार्ता / विचार

जनकपुरधामबाट भारतको अयोध्याका लागि विशेष रेल सेवा सञ्चालनको अन्तिम तयारी।

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा संयुक्त रूपमा उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले दिए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १४ कार्तिक २०८३, शुक्रबार

रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी ६ मंसिरमा तय प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले joint रूपमा सो सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताए।

यसका लागि दुवै देशका रेल्वे, भन्सार र सुरक्षा निकायबीच निरन्तर छलफल भइरहेको छ भने जयनगर-कुर्था रेलखण्डको स्थलगत निरीक्षण समेत भइसकेको छ। आफ्नै भूभागभित्र यात्रु र रेल सुरक्षाको जिम्मेवारी नेपाल र भारतीय सुरक्षा निकायले लिने सैद्धान्तिक सहमति भएको छ। यो रेल सेवाले दुई देशबीचको धार्मिक-सांस्कृतिक सम्बन्ध, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई थप बलियो बनाउने विश्वास छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।