logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

विविध

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

सल्यानको बागचौरमा अटो अनियन्त्रित भई सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मोखोलाबाट जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो दुर्घटनामा परेको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १३ कार्तिक २०८३, बिहीबार

सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका-५ का ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको छ। मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो।

दुर्घटनामा परेर अटो चालक ३४ वर्षीय निर्मल कँवर मगर गम्भीर घाइते भएका छन्। घाइते चालकलाई थप उपचारका लागि दाङ लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।